नियम १२
फेला परेको सबुद प्रमाण पेश गर्ने
(१) सैनिक अदालतबाट कारबाही चलिरहेको मुद्दासँग सम्बन्धित कुनै माल वस्तु, लिखत वा अन्य कुनै प्रमाण सैनिक व्यक्ति वा अरू कसैले फेला पारेमा प्राड विवाकको कार्यालयमा दाखिल गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दाखिला हुन आएको माल, वस्तु, लिखत वा अन्य कुनै प्रमाण प्राड विवाकको कार्यालयले तुरुन्त सम्बन्धित सैनिक अदालतमा पेश गर्नु पर्नेछ ।